काठमाडौं, १३ फागुन । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै अबरुद्ध संसद आजवाट खुल्ने भएको छ । ‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदको रेकर्डवाट सो हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भन्नुभयो, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’
पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अबरुद्ध गरेको थियो ।
सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखेपछि हिजो संसद चल्न सकेको थिएन । पशुपतिमा चढाईएको सुनमध्ये ११ किलो हराए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो बिषयलाई एकाएक संसदमा प्रवेश गराए पछि स्थीति असामान्य बन्न पुगेको थियो । सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्ष पछि सो अभिब्यक्ति संसदको रेकर्डवाटसमेत हटाउने सहमति भएको छ ।













प्रतिक्रिया दिनुहोस्