काठमाडौं, जेठ १३ । पशुपतिनाथको जलहरीका विषयमा प्रतिनिधि सभामा माओवादीबाट निर्वाचित सांसद लेखनाथ दाहालले बोलेकोविषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले गल्ती स्वीकार गर्नुभएको छ ।
शनिबार तीन दलका शीर्ष नेता बिचको बैठकमा प्रधानमन्त्रीले सो विषयमा स्पष्टीकरण दिएर लेखनाथले बोलेको कुरा प्रतिनिधि सभाकोरेकर्डबाट हटाउने सहमति भएको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार बैठकमा प्रधानमन्त्रीले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धितरहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओलीको त्यसमा कुनै संलग्नता नहुने प्रष्ट पार्नुभएको थियो ।
आफ्ना सांसदले भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको दाहालले बैठकमा स्विकार्नुभयो । यसलाईगलत भनेरै जानु पर्ने उहाँले प्रष्ट पार्नुभयो ।
सो विषमा प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने र संसद् सुचारु गर्ने तीन दलका नेता बिच सहमति भएको छ । आगामीदिनमा यस्ता तथ्यहीन आरोपहरू संसदमा नलगाउन प्रधानमन्त्रीले अनुरोध समेत गर्नुहुने भएको छ ।
माओवादी सांसद लेखनाथ दाहालले प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा पशुपतिमा सुनकोजलहरी भनेर पित्तलको जलहरी राखेर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो । त्यसको विरोधमा एमालेले शुक्रबार प्रतिनिधि सभाबैठक अवरुद्ध गरेको थियो ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो । एमालेको अवरोधकाकारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी रोकिएको थियो ।














प्रतिक्रिया दिनुहोस्