काठमाडौं, १३ जेठ । काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए-२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ ।
४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्