काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति तथा कार्यक्रम परम्पराभन्दा भिन्न ढंगले ल्याउने प्रयास गरेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रम सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो अलिक कर्मकाण्डी नै छ भन्ने भनाई आएको छ ।
यसले देशको अगाडि उपस्थित समस्यालाई सम्बोधन गर्न सक्दैन भन्ने आएको छ । धेरैले हामी परम्पराको सिकार भएको छौँ । नीति तथा कार्यक्रम आउँछ सुन्दा राम्रै सुनिन्छ तर, व्यवहारमा जस्तो प्रस्तुत हुन्छ त्यही रूपमा हुँदैन । नीति कार्यक्रम भनेर सरकारले प्रस्तुत गर्छ पहिला राजतन्त्र हुँदा राजको मुखबाट सरकारको नीति तथा कार्यक्रम पढाइन्थ्यो अहिले राष्ट्रपतिबाट पढाइन्छ त्यो चाहिँ परम्परागत हुन्छ भन्ने मान्यतामा म पनि सहमत पाउँछु ।’
उहाँले कयौँ कुराहरू कर्मकाण्डी रहेको उल्लेख गर्दै गत सालतिरका सरकारले जस्तै ल्याएकाले आफैँले ल्याएकोजस्तो भनेर समर्थन गर्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत भएपछि नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति भएको जिकिर गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्