काठमाडौं, १४ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्