जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १८:४७

प्रधानन्यायाधीशदेखि संबैधानिक निकाय र राजदूतको सुनुवाई गर्ने संसदीय सुनुवाइ विशेष समितिका सदस्य चयन : कुन दलबाट को ?


काठमाडौं, जेठ १४ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्य चयन भएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकले सदस्यको चयन गरेको हो ।

संसदीय समितिमा नेपाली कांग्रेसको तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहनुभएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य रहनुभएको छ ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा एमालेका देवेन्द्र दाहाल तथा माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसक्नु भएको छ ।