जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १८:५२

राष्ट्रपतिद्वारा टीकारपुर हत्याकाण्डका दोषी ठहर रेशम चौधरीसहित ५०१ जना कैदीलाई आममाफी


काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको हो ।