जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १९:५४

आफैले थापेको पासोमा परे गगन-धनराज र बिश्वप्रकाश


काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसका उपसभापति था कानूनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मालाई आफ्नै बोली पासो बनेको छ ।

कांग्रेसका तीन पदाधिकारीले सामाजिक सञ्जालमा दिएको अभिब्यक्तिलाई लिएर अहिले धमाधम खोजी गर्ने काम सामाजिक सञ्जालमा भइरहेको छ ।

टीकापुर घटनाका दोषी ठहर रेशमलाल चौधरीलाई माफी दिन नमिल्ने अडान राख्नुभएका नेतात्रयले आफ्नै दल कांग्रेस सहभागी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज माफी दिएपछि उहाँहरुको परानो भनाईसहित खोजी तीब बनेको हो ।

कांग्रेस महामन्त्री थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने बिषयमा सुरुदेखि नै आपत्ति जनाउँदै आउनु भएको थियो । गत बर्ष सरकारले चौधरी छुटाउन ल्याउन लागेको अध्यादेशको तीनै जनाले चर्काे बिरोध गर्नुभएको थियो ।

‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ, थापाले भन्नुभएको थियो ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाएर ट्वीट गर्दै थापाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको बताउनु भएको हो । शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताउनु भएको थियो ।

त्यसमा समर्थन जनाउँदै थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताएका छन् । उहाँले भन्नुभएको थियो, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’ यस्तै उपसभापति गुरुङले पनि चर्काे बिरोध गर्नुभएको थियो ।

‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिदैन सरकार । टीकापुर घटनाका अपराधीहरुको मुद्धा फिर्ता लिने निर्णय फिर्ता लिइयोस सरकार,’ उपसभापति गुरुङले लेख्नुभएको थियो । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएपछि गगन–बिश्वप्रकाश र धनराजको खोजी भएको हो ।