जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १८:१२

नेकपाका कमरेडहरु ! यसो गरे कसो होला ?


अब एकीकरणलाई दोष दिएर पन्छने दिन पनि सकिएको छ । पार्टीमा बसेर आन्तरिक बृहत छलफल गरेर, विचार मन्थन गरेर समस्या समाधान गर्नुस । बाहिर जे मनमा आयो, जे मुखमा आयो नबोल्नुस । शत्रु नहँसाउनुस, साँच्चै कम्युनिस्ट बन्नुस, अरुको नजरमा कमाउनिष्ट नबन्नुस । पार्टीको अनुशासनमा नबस्ने, पार्टीको नीतिअनुसार नचल्ने, पार्टीको नेतृत्वविरुद्ध विषवमन गर्ने पार्टीका उच्च तहका नेता हुन या संगठित सदस्यहरु, तिनलाई कार्बाही गर्ने पार्टीको नीति बन्नुपर्छ । ढिलै भए पनि सचिवालय बैठकले यो नीति बनाएको छ

नेत्रप्रसाद नेपाल

देशको विकास गर्न राजनीतिक नेतृत्वको दृढ ईच्छा शक्ति र उसको इमानदार कार्यकर्ता, राजनीतिक स्थायित्व, भ्रष्टाचारमुक्त प्रशासनका साथै सरकारको आदेश पालना गर्ने राजनीतिक र प्रशासनिक संयन्त्र र सचेत जनता र सही र सत्य पुष्टि भएको संचार संप्रेषण गर्ने संचार माध्यम अनिवार्य सर्त हो । के हामीसँग यी सबै तत्व उपलब्ध छन् त ? नेपाल यस्तो सुन्दर देश हो, यसलाई सिंगार, पट्टार गर्न जरुरी नै छैन । यसभित्र रहेको प्रकृतिका मनोरम छटाहरु, सुन्दर लहरै मिलेका सेता मोतीका दाना जस्ता हिमालय पर्वत मालहरु, कलकल मन्द मुस्कानसहित बग्ने विशाल नदीहरु ताल तलैयाहरु । घना वनजंगल, त्यसमा विचरन गर्ने वन्य जन्तुहरु, पुर्खाद्वारा सृजित, निर्मित भव्य साँस्कृतिक सम्पदाहरु ।

तराईका फाँटहरु, ठाउँ पिछे फरक मौसम, अन्यत्र कहिँ कतै छैन । मानौं त्रेता युगमा रावणले बनाएको सुनैसुनको लंका र द्वापर युगमा कृष्णले निर्माण गर्नुभएको सुन्दर नगरी हस्तिनापुर भन्दा हाम्रो प्राकृतिक वैभव कम छ र ? उनीहरुले त निर्माण गरे, गर्न लगाए बनाए, हाम्रो त स्वर्ग भन्दा पनि उत्कृष्ट सुन्दर ठाउँ प्रकृतिले आफैं बनाइ दिएकी छन । यो स्वर्ग जस्तो अलौकिक, मोहनीरुप भएकी हाम्री आमाको वक्षस्थलमा स्वर्गदेखि रती, उर्वसी, तिलोत्तमा जस्ता सुन्दरी अप्सराहरु नाच्ने अनि उक्त नाचगान आमोद प्रमोद हेर्न संसारभरिबाट करोडौं मानिस स्वतस्फूर्त यो हाम्रो सुन्दर नेपाल आउनु पर्ने र अर्बौं रकम खर्च गर्नु पर्ने होइन ?

हामीले प्रकृतिको वरदानलाई पनि सदुपयोग गरेर पर्यटनको पुर्वाधार विकास गर्न किन नसक्ने ? तिब्बतमा ३ करोड, सिंगापुर मलेसिया, स्विजरल्याण्ड ,कोरिया लगायत युरोपमा करोडौं पर्यटक घुम्छन अनि हाम्रो देशमा किन आउँदैनन् ? विगतदेखि धर्मको नाममा जातको नाममा मठ, मन्दिरको नाममा, पशुपतिनाथ लगायत प्रसिद्ध धार्मिक स्थलको नाम भजाएर धार्मिक राजनीती गर्ने पापको डर नभएका भ्रष्टाचारी, दुराचारीहरु पापि अपराधीहरुको बलत्कारको शिकार मेरो मोहीनी रुपी नेपाल आमा भएकी प्रष्टैसंग दृष्टिगोचर भएको छ । अब समय आएको छ आमा हँसाउने आमालाई सिङ्गारी दिने, नेपाल आमा हेर्न लाख होइन करोडौं मानिस आउँआउँ लाग्ने बनाउने । यो हाम्रो लागि जनताले विशाल आशा र भरोसा गरेर दिएका अति महत्वपूर्ण अवसर हो ।

यो अवसरलाई अनन्त कालसम्म लैजान देशको विकास, जनताको जिवनस्तरमा आमुल परिवर्तन गरी देश निर्माण गर्ने सुनौलो अवसर वर्तमान नेकपाको सरकारले पाएको अनुपम अवसर हो । यो अवसर गुम्न नदिऔं । अहिले हामीलाई आफैं नमात्तिदाँ आरामको बहुमत छ, अर्थात स्थायी सरकार छ । राजनीतिक रुपमा दरिलो आँटिलो दृढ निश्चयी नेतृत्व र नेतागणहरु पनि छन । मुखले होइन कामले, भनेर होइन गरेर प्रमाणित गरौ । के हामीले यो गर्न सक्छौं ? सक्छौं भने कसरी सक्छौं ? आउनुस छलफल गरौं । कस्तो हुनुपर्छ नेकपा ? यसका नेता र कार्यकर्ता ? नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताज्युहरु यतिबेला पार्टी एकिकरणको काम पनि करिब करिब सकिएको छ ।

डाक्टरको सल्लाह समेत नमानेर पार्टीको मायाले अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी शर्मा ओली आफ्नो उपचारसमेत छोडेर सिंगापुरदेखि स्वदेश फर्केर पार्टी एकीकरणको बाँकी महत्वपूर्ण काम सक्नुभएको छ । अब एकीकरणलाई दोष दिएर पन्छने दिन पनि सकिएको छ । पार्टीमा बसेर आन्तरिक बृहत छलफल गरेर, विचार मन्थन गरेर समस्या समाधान गर्नुस । बाहिर जे मनमा आयो, जे मुखमा आयो नबोल्नुस । शत्रु नहँसाउनुस, साँच्चै कम्युनिस्ट बन्नुस, अरुको नजरमा कमाउनिष्ट नबन्नुस । पार्टीको अनुशासनमा नबस्ने, पार्टीको नीतिअनुसार नचल्ने, पार्टीको नेतृत्वविरुद्ध विषवमन गर्ने पार्टीका उच्च तहका नेता हुन या संगठित सदस्यहरु, तिनलाई कार्बाही गर्ने पार्टीको नीति बन्नुपर्छ । ढिलै भए पनि सचिवालय बैठकले यो नीति बनाएको छ । कसैलाई मेरो मान्छे भनेर काखी च्यापेर हिड्न प्रतिबन्धित गरिनुपर्छ । अहिले पार्टीभित्र बेथिति छ, बेमेल छ । लोभलालचाले नेतादेखि कार्यकर्तासम्म ग्रसित छन ।

यसको अन्त नेतृत्वमा रहनु भएका सबै कमरेडहरु वास्तविक कम्युनिस्ट भएर दिनुपर्छ । तपाईं नेतृत्वमा रहनेहरुसँग मेरो विन्ती छ, पद मलाई होइन, हामीलाई, मेरोलाई मात्रै होइन, हाम्रोलाई चाकडीवाज, गणेश प्रवृत्तिलाई होइन, असल, इमानदार, सक्षम पुरानो, पाको, पार्टी र जनताप्रति वफादारलाई भन्नुस । माथिदेखि तलसम्म सबै नेता कार्यकर्तालाई पैसा चाहिने, योजना चाहिने भएको छ । यसको अन्त नगर्ने हो भने हामी कहाँ पुग्छौं ? विगत जस्तो अनुशासित, मर्यादित, कर्तव्यनिष्ठ कार्यकर्ता बनाउन पर्दैन ? अहिले अनुशासनहिनता, मुखमा जे आयो त्यही बोल्ने, नेतृत्व खुइल्याउने, अराजक कार्यकर्ताको जमात थुपारेर उफार्नेसमेत काम, आफुलाई नेता भन्नेहरुले गरे जस्तो देखिन्छ । जब नेतानै अनुशासनहीन र अराजक हुन्छ भने उसकोपछि लाग्नेहरुको मनोदशा कस्तो हुँदो हो ? तसर्थ पार्टीभित्र कठोर फलामे अनुशासन कायम गर्नुपर्छ । अहिले पार्टी नेतृत्वविरुद्ध लाग्ने भोलि अर्को हुँदा पनि लाग्दैन भन्ने छ ? कमाउने उदेश्य मात्रै राखेर पार्टी प्रवेश गरेका नवआगंतुक कार्यकर्ताहरुबाट सरकारले सोचे जसरी काम हुन्छ ?

नवआगंतुकहरुलाई मोटरसाइकल किनिदिने, पैसा दिने र परेको बेला आफ्ना प्रतिद्वन्द्वीविरुद्ध भौतिक हमला गर्न समेतमा प्रयोग गरेका उदाहरण प्रशस्तै छन । यस्ता मानिसहरुले पार्टीको काम गर्छन् त ? अनुशासित, पार्टीको आदेश पालना गर्ने कार्यकर्ताले मात्रै पार्टीको काम गर्छ र सरकारको कामको प्रचारप्रसार गर्छ । सरकारको पक्षमा जनमत तयार गर्छ । कार्यकर्तालाई कम्युनिस्ट सिद्धान्त सिकाई असल कम्युनिस्ट कसरी बनाउने भन्ने सोचाइ पार्टी नेतृत्वसँग छ त ? कार्यकर्तालाई मात्रै होइन, तपाईं नेतृत्वमा रहेका सबै केन्द्रीय नेतृत्वले पनि कम्युनिस्ट आचरण, व्यवहार गरी सत्ता र शक्ति मेरो लागि होइन, जनताको लागि हो भन्ने मनन गरेर सत्तामा नमात्तिन र जनपक्षीय काम गर्न अत्यावश्यक छ । के केन्द्रीय नेतृत्वमा रहेका कमरेडहरुले यस्तो गर्न सक्नु हुन्छ् त ? यस्तो गर्ने हो भने मेरो होइन, हाम्रो र राम्रो छान्न पर्छ कि पर्दैन ? राम्रो छान्दा पार्टीको आधा समस्या समाधान हुन गइ गुटबन्दी अन्त गर्न सहयोग पुग्छ । गुटबन्दी र नेतृत्वविरुद्ध जाईलाग्नेहरु साँघुरिन्छन् होइन र ?

अब काम गर्ने बेला भएको छ काम गर्न पार्टीका नेता कार्यकर्ता सबै एकमना एकताका साथ अगाडि बढ्दा आँटेको काम पूरा गर्न सकिन्छ । हरेक काममा नेता–कार्यकर्ताको भरपुर उपयोग गर्ने नीति अब पार्टीले लिनुपर्छ । कार्यकर्ता, जनता र नेताको श्रम अब नेपाल आमाको मुहार हसिलो बनाउन प्रयोग हुनुपर्छ । विकास, निर्माणमा पार्टीको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने नीति पार्टीको हुनुपर्छ नि होइन र ? कार्यकर्तालाई महिनैपिच्छे राजनीतिक प्रशिक्षणको व्यवस्था गरौं, जसबाट पार्टीप्रति कार्यकर्ता विश्वस्त हुन सकुन । राजनीतिक रुपले सक्षम, सबल र राजनैतिक बन्न सकुन । पार्टीका कतिपय नेता पाखुरावाला र तिघ्रावाला पाल्ने र, उनीहरुलाई पैसा खुवाउने, अपराधी उम्काउन पहल गर्ने, गरिरहेका देखिन्छन । यस्तो हुन नदिऔं ।

यो अवसरलाई अनन्त कालसम्म लैजान देशको विकास, जनताको जिवनस्तरमा आमुल परिवर्तन गरी देश निर्माण गर्ने सुनौलो अवसर वर्तमान नेकपाको सरकारले पाएको अनुपम अवसर हो । यो अवसर गुम्न नदिऔं । अहिले हामीलाई आफैं नमात्तिदाँ आरामको बहुमत छ, अर्थात स्थायी सरकार छ । राजनीतिक रुपमा दरिलो आँटिलो दृढ निश्चयी नेतृत्व र नेतागणहरु पनि छन । मुखले होइन कामले, भनेर होइन गरेर प्रमाणित गरौं

जनता हाम्रो आवश्यकता हो नकि पाखुरावाला, पाखुरा क्षणिक हो भने जनता अनन्त । अहिले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यउपचार गरिरहनुभएको छ । प्रधानमन्त्रीज्यू, तपाईंको शरिर जिर्ण छ, रोग छ तर पनि तपाईं सहास र आँटका धनी हुनुहुन्छ र रोगलाई जितिरहनु भएको छ । मान्छेको शरिर नासवान छ, नासिन्छ । तथापि तपाईं अझ बीश बर्ष बाँच्नुपर्छ । गाली गर्नेहरुको ताली खानुपर्छ । तपाईंलाई रिस, डाहा गर्नेहरु धेरै बर्ष बाँचुन, सहने मानिस ठुलो र महान हुन्छ । तपाईं ठीक भएर आउनुस र देशको वागडोर समाल्नुहोस । तपाईंको स्वास्थ्य लाभको कामना गर्दछु ।