जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १७:१८

गाँजा खेतीको संभाब्यता अध्ययन गर्ने सरकारको घोषणा


सरकारले आगामी आर्थिक बर्षमा गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो ।

औषधीजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने अर्थमन्त्री महतले घोषणा गर्नुभयो । अर्थमन्त्रीले यस्तो घोषणा गर्दा सांसदहरुले टेवल ठोकेर ताली बजाएर स्वागत गरेका थिए ।

सांसदहरुको यो समर्थनपछि अर्थमन्त्री महत बजेट प्रस्तुत गर्नै रोकेर रोष्टमबाट सांसदहरुतिर हेरेर हाँस्नुभएको थियो ।