जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १८:३६

सरकारले पूरा गर्यो हर्क साम्पाङको माग, बजेटमै गरियो घोषणा


काठमाडौं, जेठ १५ । सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

धरानका मेयर हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने भन्दै सोही एजेण्डाका आधारमा स्थानीय चुनाव जित्नुभएको थियो । मेयरमा निर्वाचित भएपछि पनि साम्पाङले आफ्नो अभियानमा साथ दिन संघीय सरकारमार्फत बजेट माग्दै आउनु भएको थियो ।

मेयर साम्पाङले बजेट बिनियोजन नभए सांसद र मन्त्रीलाई धरानमानिषेध गर्ने धम्कीसमेत दिनुभएको थियो । मेयर साम्पाङको माग पूरा गर्दै सरकारले बजेटमै व्यवस्था गरेको हो ।