काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सांसदहरु वडाध्यक्षको लेबलमा आएको टिप्पणी गर्नुभएको छ ।
आर्थिक बर्ष २०८०/८१ को बजेटमा सांसद बिकाश कोष ब्यूँताएपछि मेयर शाहले यस्तो टिप्पणी गर्नुभएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदमा प्रस्तुत गर्नुभएको बजेटमा तात्कालिन अर्थमन्त्री बिष्णु पौडेलले खारेज गर्नुभएको सांसद बिकाश कोषलाइ ब्यूँताउनु भएको हो ।
प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड राखेर बिवादास्पद कोष ब्यूँताएपछि मेयर शाहले सवै सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको बताउनु भयो ।
मेयर शाहले भन्नुभएको छ, ‘सांसद बिकाश कोष पाउनु भएसी बल्ल सांसदहरु वडाध्यक्षको हैसियतमा आउनुभयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरु ?’













प्रतिक्रिया दिनुहोस्