काठमाडौ, १६ जेठ । आज नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्