जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार १५:१२

माओवादी संसदीय दलको बैठक जारी, यस्तो छ एजेण्डा


काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने बताइको छ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दै हुनुहुन्छ ।