जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १४:२१

सुनको भाउ हालसम्मकै उच्च


काठमाडौ, १७ जेठ । नेपाली बजारमा आज सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो ।

यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।