जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १५:४०

राष्ट्रपति रामचन्द्रबिरुद्ध पोखियो नागरिकको आक्रोश : मनिषा कोइरालाले दिइन लेन्दुप दोर्जेको संज्ञा


काठमाडौं, जेठ १७ । मृत अवस्थामा रहेको बिवादास्पद नागरिकता बिद्येयक ब्यूँताएर प्रमाणिकरण गर्ने कामले राष्ट्रपति रामचन्द्र पौडेल चर्काे बिवादमा पर्नुभएको छ ।

भारतको चहना पूरा गर्नकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्न भिषा लगाएजसरी एकाबिहानै नागरिकता बिद्येयक प्रमाणिकरण गरेपछि राष्ट्रपति पौडेलले सिक्कम भारतमा बिलय गराउने खलनायक लेन्डुप दोर्जेको उपमा पाउनु भएको छ ।पौडेललाई जननायक बिपि कोइरालाकी नातिनी मनिषा कोइरालाले नै लेन्दुप दोर्जेको नाम दिनुभएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा उहाँको चर्को बिरोध र आलोचना भएको छ । भारतलाई रिझाउनका लागि राष्ट्रपति र सरकारले दलाली चरित्र देखाएको अधिकांशको भनाई छ ।

भारतकै डिजाइनमा आएको नागरिकता विधेयक तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु भएको थियो । अघिल्लो तत्कालीन प्रतिनिधिसभा भंग भएपछि ‘मृत’ बनेको विधेयकलाई भारतभक्ति देखाउँदै संबिधान, संसदीय मूल्य मान्यतासमेत मिचेर देशबिरुद्धको काम गर्दै अचानक ब्यूँताइएपछि राष्ट्रपति आलोचनाको शिकार बन्नुभएको हो ।

बरिष्ठ अधिबक्ता टीकाराम भट्टराईले ‘भारतको भिसा प्राप्त गर्न’ प्रधानमन्त्रीले नागरिकता विधेयकको सौदाबाजी गरेको बताउनु भएको छ । भट्टराईले लेख्नुभएको छ, ‘भारत उड्नु अघि नागरिकता बिधेयक गैर सम्वैधानिक रुपले प्रमाणिकरण गराएर औपचारीक भिसा प्राप्त । भ्रमण शफल होस शुभकामना ।’

चर्चित अभिनेत्री मनिषा कोइराला राष्ट्रपतिको यो तहको कामपछि राष्ट्रपति पौडेलसँग क्षुब्ध देखिनुभएको छ । उहाँले निकै कडा आलोश पोख्दै राष्ट्रपति पौडेललाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिनुभएको छ । आफ्नो वालमा समाचार शेयर गर्दै मनिषाले लेख्नुभएको छ, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’

मनिषा जस्तै सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहने रमेश कँडेलले पनि राष्ट्रपति पौडेलप्रति निकै कडा आक्रोश पोख्नुभएको छ । कँडेलले ट्वीट गर्दै भन्नुभएको छ, ‘गोल्छे सार्कीले किन थप्पड हान्याथे भन्ने बल्ल बुझ्नुभो होला नि ? नबुझ्नु भएको भए अब बुझ्नुस ।’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले गोल्छेले झापड मात्रै हाने, गोली हानेको भए यो कालो दिन आउने थिएन ।’

यस्तै राजन दा नामक ट्वीटर ह्यान्डलबाट पनि आक्रोश पोखिएको छ । लेखिएको छ, ‘मर्ने बेला हरियो काँक्रो टोक्न पाएका रामचन्द्र पौडेलले भारतमा राम्रै उपचार पाएका रहेछन । नागरिकता विधेयक प्रमाणिकरण गरेर नागरिकता विवादका सबै ढोका बन्द गरिदिए । सबै विवादहरू अब टारिए । नेपाल भन्ने देश भारतको स्वशासित क्षेत्र नै रहेको स्वीकार्न अब लाज चैँ नमानौँ । जय नेपाल ।’

यस्तै फेसबुकमा राजेन्द्र सापकोटा लेख्नुहुन्छ, ‘पारीको योजना र निर्देशन अनुसार बनेकाले पारीलाई खुशी पारे भनेर किन चिन्ता गर्नु ! नुनको सोझो गर्नु त धर्म नै होईन र ?’

यस्तै यम रानाले लेख्नुभएको छ, ‘दश दलीय गठबन्धन र तिनको भारतभक्तिले नेपाललाई सिक्किमीकरणको पथमा डोर्याउदै ।’ यस्तै राष्ट्रपति पौडेलप्रति आक्रोश पोख्दै गैगाप्रसाद पौडेलले लेख्नुभएको छ, ‘पौडेल होइन।बनारसी चुच्था बाहुन । कुलंगार, धर्मछाडा राष्ट्रघाती ।’

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रतिक्रिया जनाउनेमध्ये ८० प्रतिशतले नागरिकता बिद्येयक प्रमाणिकरण गरेर राष्ट्रपतिले आफूलाई भारतको कठपुतली साकिव गरेको भन्दै आक्रोश पोखेका छन ।