जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार ०७:०९

सिरहामा रित्तियो माधवको नेकपा एस, केन्द्रीय सदस्य र पूर्वसांसदसहित सवै नेता एमाले फर्किए


सिरहा, जेठ १८ । नेकपा एकीकृत समाजवादी परित्याग गरी मधेश प्रदेशका पूर्वसांसद अशोक यादवसहितका दर्जनौं नेता नेकपा एमालेमै फर्किनुभएको छ । सिरहामा बुधवार आयोजित एक समारोहबीच पूर्वसांसद यादवसहितका नेताहरु नेकपा एमालेमाफर्कनु भएको हो ।

उहाँहरुलाई एमाले केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पार्टीमा स्वागत गर्नुभयो । पूर्व सांसद यादवसँगै नेकपा एसका केन्द्रीय सदस्य सागर चौधरी, मानविर यादव, सखुवानन्कारकट्टी गाउँपालिकाका पूर्वउपाध्यक्ष अमला यादव, पालिका ईन्चार्ज रामनारायण यादव, वडाअध्यक्षका प्रत्यासी सुमेश यादवलगायतका नेताहरु नेकपा एमालेमा फर्किनु भएको छ ।

०७४ मा सिरहा क्षेत्र नम्वर १ को ख बाट यादव नेकपा एमालेको टिकटबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो । नकपा एस भन्ने पार्टी मुलुकमा आवश्यक नरहेको र औचित्य सकिएको निश्कर्षसहित आफूहरु एमालेमै फर्किएको नेताहरुले बताउनु भएको छ ।