जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार ०८:३८

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डको कामले भीम रावल आक्रोशित, उठाए गम्भीर प्रश्न


काठमाडौं, जेठ १८ । पूर्वपरराष्ट्र मन्त्री एवं नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले सुरक्षा सल्लाहकार र सचिव स्तरको कर्मचारीसँग बार्ता गरेर देशको शीर निहुर्याउने काम गरेको पनि रावलले बताउनुभएको छ । प्रधानमन्त्री दाहालले बुधवार सुरक्षा सल्लाहकार अजित डोभलसहित बिदेश सचिवसँग छोरी राखेर बार्ता गर्नुभएको थियो ।

सो बिषयमा रावलले भन्नुभएको छ, ‘प्रम प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसंग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रमं प्रचण्ड समकक्षी प्रमंसंग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंग ? अफसोस, देशको झुकेको शीर !’