जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार ११:४५

एमालेले बोलायो सचिवालय बैठक, केन्द्रीय सदस्यको कार्यबिभाजनसहित यस्तो छ एजेण्डा


काठमाडौँ, जेठ १८ नेकपा एमालेले केन्द्रीय सदस्यहरुको कामको आधारमा जिम्मेवारी हेरफेर कार्यविभाजन गर्न केन्द्रीयसचिवालयको बैठक बोलाएको अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाउनु भएको हो  

नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीयसदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा

यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो सोही निर्णयअनुसारसचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउने उहाँले जानकारी दिनुभयो

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने नागरिकताको विषय बजेटको विषयमापनि छलफल हुन्छ,’ गुरुङले भन्नुभयो