जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार १३:०४

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौ, १८ जेठ । सनराइज बैंकको करिब सवा १ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। सनराइज बैंकले संस्थापक समूहको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन् ।

यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य व्यक्ति, कम्पनी र संस्था) का लागि बैंकले आवेदन खुला गरेको हो ।

यो सेयरमा ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाण्डौको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ ।