जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार १३:२४

५०० रुपैयाँले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौ, १८ जेठ । नेपाली बजारमा आज सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यसअघि हिजो सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो । बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।