जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार १५:२०

नागरिकता बिद्येयक प्रमाणिकरणबिरुद्ध सर्वाेच्च पुगे दुई बरिष्ठ अधिबक्ता


काठमाडौं, जेठ १८ । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध रिट लिएर वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालत पुग्नुभएको छ । बरिष्ठ अधिवक्ताद्वय भण्डारी र न्यौपानेले आज सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको हो ।

रिट दर्ताको प्रकियामा रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार निस्कृय रहेको विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिनु भएको र संस्दको कार्यकाल सकिएपछि निस्कृय रहेको थियो ।

मृत अवस्थामा रहेको सोही बिद्येयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सनको भरमा प्रमाणिकरण गर्नुभएपछि बरिष्ठ अधिबक्ताद्वय सर्वाेच्च पुग्नुभएको हो ।