जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार १९:४०

प्रधानमन्त्रीपुत्री गंगाको हर्कतले लाज पनि लजायो


काठमाडौं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा कुटनीतिक मर्यादा र पदीय हैसियतको धज्जी उडाइएको पाइएको छ । हरेक स्थानमा प्रधानमन्त्री दाहालले छोरी गंगालाई अघि सारेपछि यस्तो अवस्था आएको हो ।

प्रधानमन्त्री दाहालले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँगको भेटको तस्विरले नै भ्रमणको क्रममा संबैधानिक हैसियत, कुटनीतिक मर्यादादेखि सवै कुराबाट च्यूत भएको देखाएको छ । तस्विरमा उपराष्ट्रपति धनखडसँग प्रधानमन्त्री दाहालको साटो उहाँकी स्वकीय सचिव रहनुभएकी छोरी गंगा रहनुभएको छ भने अर्काेतर्फ परराष्ट्रमन्त्री एनपी साउद रहनुभएको छ ।

तर प्रधानमन्त्री दाहाल भने छोरीभन्दा दायाँतिर बस्नुभएको छ । भ्रमणमा सहभागी एक मन्त्रीका अनुसार फोटो खिच्ने बेला गंगा कुदेर पिता र भारतीय राष्ट्रपतिको बीचमा उभिनु भएको हो । ती मन्त्रीका अनुसार गंगाको यो हर्कतले लाज पनि लजाएको अनुभुति भएको छ । सामाजिक सञ्जालमा गंगाको यो हर्कतको निकै आलोचना भएको छ ।