जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १७:२१

मुगुमा बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु


मुगु, १९ जेठ । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १३ झाकोटकी ३० वर्षीषा राजु नेपालीको बच्चा जन्माउन नसक्दा मृत्यु आज मृत्यु भएको हो ।

बिहीबार घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।