जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार २०:१५

एमालेमा फेरिए सातै प्रदेशका इन्चार्ज, विभिन्न विभागको जिम्मेवारी हेरफेर


काठमाडौं, १९ जेठ । नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु परिवर्तन गरेको छ । आज बसेको सचिवालय बैठकले उहाँहरूलाई जिम्मेवारी तोकेको हो । केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार कोशी प्रदेशमा रघुबीर महासेठ, मधेसमा योगेश भट्टराई, बागमतीमा तोक्न बाँकी, गण्डकीम गोकर्ण विष्टलाई तोकिएको छ ।

यसैगरी लुम्बिनीमा पद्मा अर्याल, कर्णालीम लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।

यसअघि कोशी प्रदेशको इन्चार्ज रहनु भएका अग्नी खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई संसदीय विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ । यसअघि प्रचार विभाग प्रमुख रहनुभएको उहाँको ठाउँमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ ।