जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार २०:२३

एमाले नेताको कार्यविभाजन : सातै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी


काठमाडौं, १९ जेठ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने लगायतका काम तोकिएको छ ।

‘साझा नीति बनाउने, सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने काम गर्नुहुनेछ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘त्यसअन्तर्गत योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलतामा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोतमा युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहमा सुवास नेम्वाङ, प्रशासन विष्णु पौडेल र बागमतीमा केन्द्रीय कार्यालयले गर्नेछ ।’