काठमाडौं, २० जेठ । भारतको औपचारिक भ्रमण सकेर आजै साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डको गतिविधिले स्वदेशमा चर्को वहस, असन्तुष्टि र आक्रोश व्यक्त भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हितलाई तिलाञ्जली दिएको मात्र हैन भारतीय प्रधानमन्त्री नरेन्द्रमोहन मोदी सामुन्ने लम्पसार परेको आरोप जनस्तरबाटै लागेको छ ।
यसैक्रममा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पनि सामाजिक सञ्जालमा निम्न तथ्यसहित प्रचण्डसँग यी प्रश्नको जवाफ माग्नु भएको छ ।
– इपिजीको प्रतिवेदनले सन् १९५० को भेदभावपूर्ण र अपमानजनक सन्धिलाई पुनरावलोकन गरि पारस्परिक समानतामा आधारित बनाउन विकल्प सहित सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
– प्रतिवेदनले नेपाल भारत सीमा विवादको वार्ताद्वारा समाधान गरि सीमाको समग्र व्यवस्थापनका लागि विकल्प सहितको सुझाव दिएको छ ।
– प्रतिवेदनमा नेपालको जलश्रोतको बहुपक्षीय उपयोग र विगतमा भारतसँग गरिएका सन्धिहरुमा भएका कमिहरुको समिक्षा सहित आगामी नीति कस्तो हुनुपर्छ भनेर ठोस सुझावहरू दिएको छ ।
– नेपाल भारतको द्विपक्षीय ब्यापार सन्धिमा रहेका कमी र पारवहन सन्धिलाई समयानुकूल बनाउन पर्ने विकल्प सहितको अन्य सांस्कृतिक र सामाजिक क्षेत्रका सम्वन्ध विस्तारमा सुझाव समेटेको छ प्रतिवेदनले ।
सम्माननीय प्रमज्यु,
के उल्लेखित बिषयहरुमा नेपाल भारतका विच वार्ता हुनुपर्ने होइन ? तिनै विषय समेटेर सवै ८ जना सदस्यहरूले सहमतिमा हस्ताक्षर गरेको प्रतिवेदनका बिषयमा कुरा उठाउदा किन र कसरि वातावरण बिग्रन्छ भन्ने ठान्नुहुन्छ ?
यो तपाई आफैले निकालेको निष्कर्ष हो ?
– अर्को कुरा नेपालले सन् १९९७ बाट नै भारतको सहमतिमा काँकडभिट्टा फूलवारी मार्गको सुविधा लीदै आएकोमा अहिले आएर कालापानी, लिपूलेक र लिम्पीयाधुरसंग साटफेर गर्ने भन्ने तपाईको अभिव्यक्तिको आसय के हो ?
तपाईको ुऐतिहासिकु भारत भ्रमणबाट फर्किरहँदा यी बिषयहरुको नेपाली जनतालाई चित्त बुझ्दो जबाफ सहित आउनुहोला । अन्यथा मुलुकको हितसँग जोडिएका अति संवेदनशील र गम्भिर बिषयमाथीको तपाईको गैरजिम्मेदारपूर्ण र बिरोधाभाषपूर्ण अभिव्यक्तिको तपाई आफै जवाफदेही बन्नैपर्छ ।
डा. राजन भट्टराई













प्रतिक्रिया दिनुहोस्