जनता टाइम्स

२० जेष्ठ २०८०, शनिबार १७:२७

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा


काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताउनुभएको छ ।

आज ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पार्नुभयो । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताउनुभयो ।