जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ११:५८

१ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौ, २१ जेठ । साताको पहिलो कारोबार दिन आज सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो ।

यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।