जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १३:२५

संसदमा एमालेको प्रश्न – तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक राष्ट्रपतिबाट हस्ताक्षर भयो भने के गर्ने ?


काठमाडौं, २१ जेठ । नेकपा एमालेले तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक राष्ट्रपतिबाट हस्ताक्षर भयो भने के गर्ने ? भनेर प्रश्न गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरिले यस्तो प्रश्न उठाउनुभएको छ ।

उहाँले भन्नुभयो,‘निष्क्रिय विधेयकलाई राष्ट्रपतिले असंवैधानिक ढंगले प्रमाणीकरण गर्दै जाने हो भने भोलि बिहान २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको जुन नागरिकता विधेयक थियो ।

भोलि बिहान विदेशी प्रभुहरूलाई रिझाउनका लागि राष्ट्रपतिले त्यो पुरानो फाइल पनि खोलेर हस्ताक्षर गर्नुभयो भने मान्ने कि नमान्ने ? त्यो गम्भीर प्रश्न छ। यो विधेयकलाई निष्क्रिय राखेर संसदमा दर्ता गरेर एक हप्ताभित्र टुंग्याउनुपर्छ । नत्र हामी स्वीकार्दैनौं ।’