जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १६:०९

नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छ : अध्यक्ष ओली


काठमाडौं, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताउनुभएको छ ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायत विषयमा संसद अवरोध भएपछि अध्यक्ष ओलीले संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुने बताउनुभयो ।