जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १७:१०

नेकपा एस छाड्नेको लर्को, पार्टी उपाध्यक्ष केदार न्यौपानेसहित केशवलाल पनि एमालेमा प्रवेश


काठमाडौं, २१ जेठ । नेकपा एस छाड्नेको लर्को लागेको छ । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किनुभएको हो ।

केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिनुभएको न्यौपाने आज एमालेमा समाहित हुनुभएको हो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गर्नुभएको हो ।

सोही अवसरमा नेकपा एसका उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि च्यासलमा हुनुहुन्थ्इो । उहाँले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताउनुभयो ।