जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १२:३२

संसदमा प्रधानमन्त्री प्रचण्डको प्रष्टिकरण : भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन


काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले उहाँले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पार्नुभएको हो । उहाँले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताउनुभयो ।

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।