काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको यो भारत भ्रमण फितलो भएको तर्क गर्नुभएको छ । उहाँले आज प्रतिनिधिसभा संसदमा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यो भारत भ्रमण फितलो भएको तर्क गर्नुभएको हो ।
नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै उहाँले भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताउनुभयो । साथै प्रोटोकल पनि पूरा नभएको ओलीको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्