जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १२:२४

९०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौ, २३ जेठ । नेपाली बजारमा आज सुनको भाउ फेरि उकालो लागेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ स्थिर थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ । सोमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।