जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १४:५४

करको दरमा गठेले हैरानै पार्ने भो : गोकुल बास्कोटा


काठमाडौं, २३ जेठ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनको सरकारले करका दर हेरफेर गरेर गठबन्धनको सरकारले हैरान पारेको टिप्पणी गर्नुभएको छ ।

उहाँले अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? भन्दै प्रश्न गर्नुभयो।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कहिले मुसाले तार कट्छ कहिले कसले कागज फेरिदिन्छ। अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? करका दरमा गठेले हैरान गर्ने भो ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेको छ।

यस्तै गत वर्ष पनि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि बजेट निर्माणको बेलामा करको दर हेरफेरमा बाहिरको व्यक्तिको प्रयोग गरिएको आरोप लागेको थियो।