जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १७:०३

सेयर बजार २५.६६ अंकले बढ्यो


काठमाडौं, २३ जेठ । सेयर बजार आज २५.६६ अंकले बढेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ । साथैसेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।

२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढ्दा जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ ।