जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार ११:४४

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो


काठमाडौ, २४ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ । ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।