जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १७:४९

बामदेव गौतमको कुरा ठीक छ, पार्टी सदस्यता एमालेमै छ : अध्यक्ष ओली


काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भएको छ ।

बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनि प्रश्नमा ओलीले यस्तो बताउनु भएको हो ।

पत्रकारको प्रश्नमा ओलीले अव थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो । ओलीले भन्नु भयो, ‘उहाँले सदस्यता ती छ भन्नुभयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नु भएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।