जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १९:२४

मन्त्रीकै ठोकुवा : प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धीमुलक रहेन


काठमाडौं, जेठ २४ । सरकारकै एक जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धीबिहीन रहेको ठोकुवा गरेका छन ।

प्रधानमन्त्री दाहालले नै भ्रमण निकै उपलब्धीमुलक रहेको भन्दै दावा पेश गरिरहेको बेला उहाँकै सरकारका पर्यटनमन्त्री सुदन किँरातीले भ्रमण उपलब्धीबिहीन रहेको बताउनु भएको हो ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री किँरातीले भ्रमणलाई उपलब्धीमुलक भन्ने कुरा शतप्रतिशत झुटो रहेको बताउनु भयो । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भ्रमणमा आफू नगएको प्रसंग निकाल्दै मन्त्री किँरातीले उपलब्धी हुने नदेखेकै कारण नगएको बताउनु भयो ।

कार्यक्रममा मन्त्री किरातीले भन्नुभयो, ‘दुई देशबीच सम्झौता हुँदैन भने विदेश पनि नजाने, त्यसैले यसपालि भारत पनि नगएको, खासमा त पर्यटनमन्त्री त सवारी मन्त्री पनि हो, नागरिक उड्ययन मन्त्रीसँग त जहाज पनि हुन्छ, तर त्यहाँ गएर आफ्नो भूमिकै हुँदैन भने किन जाने ?’

उहाँले जिल्लाजिल्लामा भ्रमणका नाममा धेरै हेलिकप्टर उडाएर, अनि जुनसुकै देशबाट निम्तो आयो भन्दैमा भ्रमण गरिहाल्दा कुनै उपलब्धि नहुने भन्दै प्रधानमन्त्रीलाई नै ब्यंग्य गर्नुभयो ।