जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १३:०७

एमाले नेता रघुजी पन्तको प्रश्न : नेपालको संसदमा पनि टिष्टा–काँगडा समेटिएको नक्सा राख्दा के हुन्छ ?


काठमाडौं, जेठ २६ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको संसद्मा नेपाको कपिलवस्तु र लुम्बिनी समेत समावेश गरी राखिएको सांस्कृतिक भनिएको नक्सा प्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पन्तले भारतले त्यस विषयमा नेपालले चित्त बुझाएको भनि दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले भारत जाँदा सो विषयमा कुरा गरेको बताएको भने पनि भारतले नेपालले चित्त बुझाइसक्यो भनेर दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने पन्तले बताउनुभयो ।

भारतले त्यस्तो नक्सा आफ्नो संसदमा राख्छ भने नेपालले पनि नेपालको पुरानो नक्सा आफ्नो संसदमा राख्नु पर्ने उहाँले माग गर्नुभयो । ‘हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना, रावी नदीको छेउसम्म पुगेको सिमाना, टिस्टा-काँगडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमा भारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसद्मा टाँग्दा के हुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।