काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको युद्ध अपराधसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आज युद्ध अपराध सम्बन्धी रिट दर्ता गर्न आदेश दिएको हो । सर्बोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गरिपाऊँ भनी माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्चले मागबमोजिमको आदेश दिएको हो ।
बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै न्याय पाऊँ भनी रिट लैजानु भएको थियो ।
सर्वोच्च प्रशासनले रिट दर्ता गर्न नमानेपछि उहाँ रिट निवेदन दर्ता गरिपाऊँ भनी गएकोमा भट्टराईको इजलासले निवेदकको मागबमोजिम रिट दर्ता गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्