जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १९:५५

गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु


गोरखा, २६ जेठ । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।