काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँको पत्नी सीता दाहाल नर्भिक अस्पताल पुग्नुभएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार उहाँहरु दुवै नियमित परीक्षणका लागि पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड मुटुको जाँचका लागि अस्पताल पुग्नुभएको अस्पताल स्रोतले जनाएको छ ।
उहाँको इको, टीएमटीलगायत मुटुसम्बन्धी केही परीक्षण गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको कार्डियोसम्बन्धी परीक्षणहरु भएको बताइएको छ । त्यस्तै, सीतालाई पनि नियमित परीक्षणका लागि अस्पताल पुर्याइएको हो । सीतालाई पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) बाट धेरै समयदेखि ग्रसित हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्