काठमाडौं, जेठ ३२ । वानएक्स बेटमा चर्चित कलाकारदेखि युटुवरसम्म पक्राउ परेका छन । प्रहरीले आज पक्राउ परेका आठ जनालाई सार्वजनिक गर्दा चर्चित कालाकारदेखि युटुवरसम्म रहेको तथ्य बाहिर आएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज कलाकार र युट्युबरलाई पक्राउ गरेपछि सार्वजनिक गरेको छ । कार्यालयका अनुसार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन ।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । महाशाखाले बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्