जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार १७:४८

एक्शनमा उत्रिए मेयर बालेन : काठमाडौं महानगरले बन्द गरायो उदघाटन भइसकेको हिसान शैक्षिक मेला


काठमाडौं, जेठ ३२ । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ ।

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो । तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् ।

मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो ।

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।