काठमाडौं, असार २ । धरानका उपमेयर आईन्द्र बिक्रम बेघाले नगरपालिकाको गाडीको दुरुपयोग गर्नुभएको छ ।
उपमेयर बेघाले शुक्रबार कार्यलय बन्द भइसकेपछि दलबलसहित प्रदेश ३– ०१००२ झ ५०७३ नम्बरको सरकारी गाडी लिएर भेडेटार दक्षिणमा रहेको थुम्की होमस्टे पुग्नुभएको हो । बेघा सवार उक्त गाडी शुक्रबार राति त्यही राखि शनिबार लिएर फर्किनु भएको हो ।

डियुटि सकेर घर फर्किसकेको भए पनि उपमेयरले छिटो आउनु पर्यो भन्दै बोलाएपछि आफू आएको चालकले बताए । उपमेयर बेघा शुक्रवार राती थुम्कीको चण्डीका होम स्टेमा बस्नुभएको थियो ।
मेयर हर्क साम्पाङ धरानको बिकास गर्न भन्दै श्रमदानमा व्यस्त भइरहँदा उपमेयर बेघा बिदाको दिन सारकारी गाडीमा परिवारलाई घुमाउन ब्यस्त देखिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्