रौतहट, ३ असार । रौतहटमा करेन्ट लागेर करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका–५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहनुभएको छ । कबारीको अत्यधिक गर्मीका कारण पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कबारीको ज्यान गएको हो ।
करेन्ट लागेर बेहोस कबारीको अस्पताल लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुणलाई करेन्ट लागेको र उहाँलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत हुनुभएको थियो । तत्काल एम्बुलेन्सबाट दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उहाँहरूको उपचारको क्रममा ज्यान गएको हो ।













प्रतिक्रिया दिनुहोस्