जनता टाइम्स

४ असार २०८०, सोमबार १४:१२

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको भाउ


काठमाडौ, ४ असार । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।