जनता टाइम्स

५ असार २०८०, मंगलवार ११:२५

सुनचाँदीको मूल्य घट्यो


काठमाडौ, ५ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानाएको छ । हिजोको तुलनामा आज सुनचाँदीकै मूल्य घटेको महासंघले जनाएको हो । महासंघका अनुसार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।